ब्राजिल दक्षिण कोरिया र आइभरीकोस्ट पुरुष फुटबलको क्वाटरफाइनलमा

काठमाडौं । ब्राजिल टोक्यो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ ।  बुधबार भएको खेलमा साउदी अरेबियालाई ३-१ ले  हराउँदै ब्राजिल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेकाे हो ।

ब्राजिलको जितमा रिचार्लीसनले २ तथा कुन्हाले १ गोल गरे । समूह डी मा ब्राजिलले तीन खेलबाट ७ अंक जोड्यो । पहिलो खेलमा जर्मनीलाई हराएको ब्राजिलले दोस्रो खेलमा आइभरी कोस्टसँग बराबरी खेलेको थियो ।

जर्मनी भने प्रतियोगिताबाट बाहिरिएको छ ।  आइभरीकोस्टसँग १-१ गोलको बराबरी खेलेसँगै जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो । उसको ४ अंक मात्र भयाे ।
तर जर्मनीसँगको बराबरीसँगै पाँच अंक बनाउन सफल आइभरीकोस्ट भने क्वाटरफाइनलमा पुगेको छ । यस्नै होन्डुरसलाई ६-० ले हराउँदै दक्षिण कोरिया  पनि प्रतियाेिगताकाे अन्तिम आठमा पुगेकाे छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *