आयोजक जापानको दबदबा

काठमाडौं । जापानको टोक्योमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिकमा आयोजक जापानले आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेको छ । टोक्यो ओलम्पिकको पाँचौं दिनसम्म आइपुग्दा कुनैपनि एक देशले मात्रै पदकमा एकछत्र राज गर्न सकेको छैन । यस्तोमा आयोजक जापानले बलियो अमेरिका र चीनलाई कडा चुनौती दिइरहेको छ।

तालिकामा जापान शीर्ष स्थानमै कायम रहेको छ । उसले ११ स्वर्ण जित्दा चीन र अमेरिकाले समान १० स्वर्ण जितेका छन् । जापानले हालसम्म ११ स्वर्ण, चार रजत र पाँच कास्यसहित कूल २० पदक प्राप्त गरेको छ । अमेरिका १० स्वर्ण १० रजत र ९ काश्यसहित २९ पदकका साथ दोस्रो तथा चीन १० स्वर्ण ५ रजत र ८ काश्य गरी कुल २३ पदकका साथ तेस्रो स्थानमा रहेको छ ।

रसियाको ओलम्पिक कमिटीले ७ स्वर्ण ८ रजत र ४ काश्यसहित चौथो स्थानमा रहँदा ६ स्वर्ण १ रजत र ८ काश्यसहित अस्ट्रेलिया पाँचौं तथा ब्रिटेन ५ स्वर्ण ६ रजत र ४ काश्यसहित छैटौं स्थानमा रहेको छ ।

नेपालबाट चार खेलमा पाँच खेलाडी सहभागी भएकामध्ये तीन जना पराजित भई प्रतियोगिताबाट बाहिरिएका छन् । आज गौरिका सिंहले १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् ।

त्यस्तै अर्को एक स्पर्धामा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *