बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक, मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौँ । मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बिहान ९ बजेपछि सुरु भएको भएको हो ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी छन् । बैठकमा एमालेको माधव नेपाल समूहको समेत प्रतिनिधित्व छ ।

सरकार बनेको दुई साता बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । जारी बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल भइरहेको बताइन्छ । देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादीबाट दुई जना मन्त्री छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *