टोकियो ओलम्पिक : गौरिकाले आज प्रतिस्पर्धा गर्दै

काठमाडाैँ । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दै छिन् । गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन् । गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा सुरु हुनेछ ।

टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छिन् । यस हिटमा ४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । गौरिका रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् ।

१३ औं सागमा सनसनीपूर्ण प्रदर्शन गरेकी स्वर्णधारी गौरिका हिटचरण पार गर्ने विश्वासमा रहेकी छिन् । यो स्पर्धामा गौरिकाकै नाममा राष्ट्रिय कीर्तिमान रहेको छ । उनले हिट चरण पार टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडी सहभागी छन् ।

मंगलबार एलेक्सले प्रतिस्पर्धा गरिसकेका छन् । एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाए। हिट चरणमा एलेक्सले ५३.४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् । तर, एलेक्स हिट चरणबाटै बाहिरिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *