हिटचरणबाटै बाहिरिए पौडी खेलाडी एलेक्स

काठमाडौं । नेपालको तर्फबाट टोक्यो ओलम्पिक २०२० मा पौडीमा सहभागी पौडी खेलाडी एलेक्जेन्डर (एलेक्स) शाह हिटचरणबाटै बाहिरिएका छन् ।

शाहले १०० मिटर फ्रीस्टाइलमा टाइमिङ सुधार गर्दै कीर्तिमान बनाए पनि ७१ जनामध्ये ५९औं स्थानमा रहेका उनी हिट चरणबाटै बाहिरिएका हुन् ।

मंगलबार भएको स्पर्धामा एलेक्सले निर्धारित दुरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गरे । फ्रीस्टाइलमा टाइमिङ सुधार गरेर कीर्तिमान बनाएपनि उनी हिटचरणबाट शीर्ष १६ खेलाडीमा स्थान बनाउन भने सकेनन् ।

हिटचरणमा कुल ७१ जनाले प्रतिस्पर्धा गरेका थिए । यसअघि शनिबार दुई नेपाली खेलाडीको चुनौती पहिलो चरणमा नै समाप्त भएको थियो ।

जुडोकी सोनिया भट्ट ४८ केजी तौल समूहमा र सुटिङकी कल्पना परियार १० मीटर एयर राइफलमा प्रतिस्पर्धा गर्दै नेपाल फर्किसकेका छन् । कल्पनाले राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *