कामु प्रधानसेनापतिमा प्रभुराम शर्माको नाम सिफारिस

काठमाडौं । सरकारले नेपाली सेनाका बलाध्यक्ष रथी प्रभुराम शर्मालाई कामु प्रधानसेनापतिका लागि सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई कामु प्रधानसेनापतिका लागि सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतले जानकारी दिएको छ ।

शर्मालाई साउन २४ देखि लागू हुनेगरी नेपाली सेनाको कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापा अवकाशका लागि अग्रिम बिदामा बस्न लागेकाले सरकारले शर्मालाई कामु प्रधानसेनापतिका लागि सिफारिस गरेको हो । वरीयताका आधारमा शर्मा प्रधानसेनापति थापापछिका रथी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *