संसदलाई कामविहीन बनाउन हामी दिँदैनौँ : गगन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले संसदलाई कामविहीन बनाउन‚ बेवास्ता गर्न र मनोमानी ढंगले स्थगित गर्न आफूहरूले नदिने भन्दै सरकार संसद र सांसदको प्रश्नसँग डराउनुपर्ने बताए ।

‘संसदलाई कामविहीन बनाउने, संसदलाई बेवास्ता गर्ने र मनोमानी ढंगले स्थगित गर्न हामीले दिने छैनौं,’ उनले मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले भने । सांसद थापाले सरकार संसद र सांसदको प्रश्नसँग डराउनुपर्ने बताए ।

‘संसद सरकारसँग डराउने होइन । संसद र सांसदको प्रश्नको निगरानीसँग यो सरकार डराउनुपर्छ,’ उनले भने ।

यसका साथै सांसद थापाले अदालतलाई हप्काउने‚ संसदलाई हेप्ने र प्रदेश सरकारलाई पङ्गु बनाउने छुट वर्तमान सरकारलाई नभएको बताएका छन् ।

‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने, विधि नमान्ने, स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने छुट यो सरकारलाई छैन,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *