सांसद रानामाथिको दुर्व्यवहार अधिनायकवादको उपज भएको गंगाको आरोप

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)की सांसद गंगा चौधरी सतगौंवाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सांसद नारदमुनी रानामाथि गरेको दुर्व्यवहार अधिनायकवादको उपज भएको आरोप लगाएकी छन् ।

पूर्वप्रधानमन्त्री नेपालले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद नारदमुनी रानामाथि दुर्व्यवहार गरेकोप्रति आपत्ति जनाउँदै सांसद चौधरीले बराबर हैसियत भएका रानामाथि पूर्वप्रधानमन्त्री नेपालले गरेको दुर्व्यवहार अधिनायकवादको उपज भएको बताएकी हुन् ।

मंगलबार नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चौधरीले भनिन्‚ ‘एउटै हैसियत भएको जननिर्वाचित सांसदलाई बैठक चलिरहँदा निस्किनुस् भनेर आदेश दिनु अधिनायकवादी चरित्र हो ।’

साउन १० गते बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता नेपालले नारदमुनीलाई प्रतिगमनको मतियार भन्दै बाहिर जान चेतावनी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *