पाँचखालबाट सुमन ढुङ्गाना १३ दिनदेखि बेपत्ता

काठमाडाैँ । काभ्रेकाे पाँचखाल नगरपालिका-६ का ३६ वर्षीय सुमन ढुङ्गाना १३ दिनदेखि बेपत्ता भएका छन् । गत असार ३१ गतेदेखि सम्पर्कविहीन भएपछि खोजी तीव्र पारिएको परिवारले जनाएको छ । सुमनकी पत्नी सम्झनाले घरमा कसैलाई नभनी सम्पर्कविहीन भएको जनाउँदै खोजबिन गरिदिन पाँचखाल प्रहरी चौकीमा निवेदन दिएका छन् ।

यो पनि :  सुमनको खोजीका लागि श्रीमतीको गुहार

पाँच फिट उचाइका सुमन गहुँगोरो वर्ण र पातलो जीउडाल रहेको निवेदनमा उल्लेख गरिएको छ । “सबै आफन्तको घरमा नभएको जानकारी पाएपछि साउन ३ गते प्रहरीमा निवेदन दिएको छु”, सम्झनाले भने ।

खेती–किसानी गर्दै आएका सुमन हराएको दिन दिउँसो काभ्रेपलाञ्चोकको बनेपाबाट ‘पोखरा जागिर खान जान्छु’ भनेर काठमाडौँको गाडी चढेको र सोही गाडीका सहचालकलाई आफ्नो मोबाइल दिएकोसम्म पत्ता लागेको दाजु भुवनले बताए । उनले पनि भाइ सुमनको खोजीमा सहयोग गरिदिन सरोकारवाला निकायमा अपिल गरेका छन् । निरक्षर सुमनकी पत्नी, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *