९ दिनदेखि हराएका सुमनको खोजीका लागि श्रीमतीको गुहार

काठमाडौँ । काभ्रेको पाँचखाल नगरपालिका -६ का सुमन ढुङगाना ९ दिनदेखि सम्पर्कविहीन भएपछि खोजीका लागि आग्रह गरिएको छ । ३६ वर्षीय सुमन गत असार ३१ गतेदेखि सम्पर्कविहीन भएकाले खोजी गरी दिन श्रीमती सम्झना ढुङगानाले आग्रह गरेकी हुन् ।

उनले प्रहरी चौकी पाँचखालमा निवेदन दिँदै खोजीका लागि गुहार मागेकी हुन् । घरमा कसैलाई जानकारी नदिएर असार ३१ गते सम्पर्कविहीन भएका उनी अहिलेसम्म सम्पर्कमा नआएको निवेदनमा उल्लेख गरिएको छ ।

निवेदनमा अगाडि भनिएको छ, ‘कसैलाई केही नभनेर गएको, कहाँ गएको, किन गएको, केही पनि थाहा नभएको, आफन्तको घरमा नभएको हुँदा खोजी गरी पाउँ भनी यो निवेदन पेश गरेको छु ।’ ५ फिट उचाइ भएको, गहुँगोरो वर्ण र तातलो जीउडालको व्यक्त भेटिएमा खबर गरिदिन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *