बूढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक, यी हुन् एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक आज बिहान ९ बजे सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास (बूढानिलकण्ठ)मा बस्न लागेको हो ।

बैठक पार्टीको १४ औं महाधिवेशनको तयारीमा केन्द्रित हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । भदौमा महाधिवेशन गर्ने भनिए पनि अहिलेसम्म क्रियाशिल सदस्यता विवाद छानबिन कार्यदलले आफ्नो निवेदन प्रस्तुत गरेको छैन । कार्यदलले आज आफ्नो प्रतिवेदन बुझाउने तयारी छ ।

यसअघि १२ साउनमा गर्ने भनिएको वडा अधिवेशन स्थगित भएको छ । आजको पदाधिकारी बैठकमा स्थगित वडा अधिवेशनको नयाँ मिति सार्वजनिक गर्न सकिने अनुमान गरिएको छ । सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना र आमरण अनसन जारी राखेकोले बूढानिलकण्ठमा बैठक राखिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *