जसपाको आधिकारिकता टुंग्याउन नेताको ‘हेड काउन्ट’

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिताबारेको विवाद सम्भवतः आजै टुंग्याउने भएको छ । जसका लागि दुबै पक्षलाई आयोगमा बोलाइएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई आयोगले बोलाएको हो ।

जसपामा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ । अध्यक्ष यादवले आफू पक्षमा बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्य भएकोले जसपा आफूहरूको भएको दाबी गरिरहेका छन् भने ठाकुर पक्षले पनि जसपा आफूहरूको हुनुपर्ने बताइरहेको छ । यादव पक्ष अहिले कार्यकारिणी समितिका साथै संसदीय दल दुवैतर्फ बहुमतसहित बलियो छ । संसदीय दलमा बलियो रहेको ठाकुर समूह अहिले आएर कमजोर भएको बताइन्छ ।

दुबै पक्षले दाबी गरेपछि जसपा आधिकारिकतामा विवाद छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासमा जसपा विवाद निरूपण गरिँदैछ । आज केन्द्रीय कार्यकारिणी समिति सदस्य को ठाकुर र को यादवतिर भन्ने ‘हेड काउन्ट’ आयोगले गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *