कांग्रेसको वडा अधिवेशन स्थगित

काठमाडौं । कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माकाअनुसार वडा अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको हो । शनिबार (आज) बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । ‘साउन १२ को वडा अधिवेशन स्थगन गर्ने सल्लाह पदाधिकारी बैठकमा भएको छ,’ प्रवक्ता शर्माले भने— ‘अब कहिले गर्ने भन्नेमा पछि निर्णय हुन्छ ।’

वडा अधिवेशन स्थगन भएसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका पनि प्रभावित भएको छ । कांग्रेसले १२ साउनमा वडा अधिवेशन, १६ साउनमा स्थानीय तहको अधिवेशन, २० साउनमा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गर्न गरी कार्यतालिका सार्वजनिक गरेको थियो । त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन, प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६–१९ भदौमा हुने कार्यतालिका थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =