भीम रावलले लिए राजीनामा फिर्ता

काठमाडौं । एमाले उपाध्यक्षसमेत रहेका प्रतिनिधि सभा सदस्य भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । आफ्नो निर्वाचन क्षेत्रको मतदाता, पार्टीपङ्ति र नेताहरुको आग्रह भन्दै रावलले राजीनामा फिर्ता लिएका हुन् ।

रावल शुक्रबार (आज) संसद् सचिवालय पुगेर सभामुख अग्निप्रसाद सापकोटोलाई भेटेर राजनिामा फिर्ता लिएका हुन् । रावलले गत साउन ३ गते ‘राजनीतिक फोहोर भएको र त्यसबाट आफूले अलग्गिन खोजेको’ भन्दै राजीनामा दिएका थिए ।

यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुले राजीनामा फिर्ता लिन आह्वान गरेका थिए ।   यसपछि रावलले राजीनामा फिर्ता लिएका हुन् । सबैको आग्रहपछि आफूले राजीनामा लिएको रावलले बताए । ‘सबै जनाले मतदाताले, नेताहरुले आग्रह गर्नुभयो, यसपछि फिर्ता लिएको हुँ,’ रावलले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 18 =