कांग्रेस बैठक : पूर्वनिर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने नेताहरुको अडान

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक जारी छ । बैठकमा महाधिवेशनकेन्द्रित छलफल भइरहेको छ । बैठकमा महाधिवेशन कार्यतालिका हेरफेर, क्रियाशील सदस्यता विवाद समाधान, निर्वाचन निर्देशिकालगायतका बारेमा छलफल भइरहेको छ । यस्तै बैठकमा महाधिवेशनको तयारी पुगिनरहेको अवस्थामा पूर्वनिर्धारित समयमै कसरी महाधिवेशन गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको छ । देउवा भने केही समयको लागि महाधिवेशन साने मनस्थितिमा देखिएका छन् ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बुढानिलकण्ठस्थित आफ्नो निजी निवासमा बैठक बोलाएका हुन् । बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ । देउवा प्रधानमन्त्री बनेपछि गत बिहीबार कांग्रेस बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमै बोलाएका थिए । उक्त बैठकपछि ओली सरकारजस्तै नयाँ सरकारले पनि सरकारी निवासबाट पार्टीको काम गर्न खोजेको भन्दै आलोचना भएको थियो । यसपछि देउवाले बुढानिलकण्ठमै बैठक बोलाएका हुन् ।

कांग्रेसको वडा तहको अधिवेशन १२ साउनबाट हुने कार्यतालिका छ । तर, त्यसको तयारी भएको छैन । वडा तहको अधिवेशन सार्नैपर्ने अवस्था आइसक्दा पनि नेताहरु केन्द्रीय महाधिवेशनको मिति सार्न नहुने पक्षमा छन् । त्यसैले तल्ला तहको अधिवेशनको मिति हेरफेर गरेर केन्द्रको महाधिवेशनको मिति कायमै राख्ने तयारी रहेको ती नेताले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *