जमेको पानी निकास गर्न खोज्दा तनाव, १३ प्रहरी घाइते, अश्रुग्यास प्रहार

धनगढी । कैलालीको धनगढीमा वर्षाको जमेको पानी निकास गर्न खोज्दा प्रहरी स्थानीय र प्रहरीबीच झडप भएको छ । धनगढी उपमहानगरपालिका-३ को तरकारी हाटबजार, विद्युत कार्यालय लगायतका क्षेत्रमा जमेको पानी वडा नम्बर २ हुँदै मोहना नदीतर्फ निकास दिने क्रममा स्थानीयले प्रहरीमाथि मंगलबार साँझ ढुंगामुढा प्रहार गरेका हुन् ।

स्थानीयले प्रहार गरेका ढुंगामुढा प्रहार गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत गरेर १२ जना घाइते भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त छ ।

सो क्रममा आक्रोशित भीडलाई तितरवितर पार्न प्रहरीले ५० सेल अश्रुग्यास प्रहार गरेको एसपी अधिकारीले जानकारी दिए । लगातारको वर्षाका कारण विद्युत कार्यालय डुबान परेर विद्युत प्रवाह नै अवरुद्ध हुने अवस्था आएपछि प्रहरीले बल प्रयोग गरेर स्थानीयले कल्भर्टमा ग्राभेल भरेर रोकेको पानी निकास गरेको हो ।

याे पनि : जहाँ प्रहरी परिचालन गरेर पानी निकास गरियो (तस्बिरहरु)

प्रहरीले यसअघि सोमबार पनि बल प्रयोग गरेरै कल्भर्टमा हालिएको ग्राभेल जेसीबीको प्रयोग गरेर निकास गरेको थियो । तर स्थानीयले सोही रातिनि फेरि कल्भर्ट बन्द गरिदिएपछि सोमबार रातिदेखि नै परेको पानीले विद्युत कार्यालय, हाटबजार लगायतको क्षेत्र डुबानमा परेको थियो ।

वडा नम्बर २ का स्थानीयले बस्तीनै डुबान हुने भन्दै वडा नम्बर ३ को पानी निकास नदिने भन्दै अवरोध गर्दै आएका छन् । यसअघि आइतबार जिल्ला प्रशासन कार्यालयमा वडा नम्बर २ र ३ का वडाध्य र स्थानीय अगुवाको उपस्थितिमा बसेको बसेको बैठकले पानीको उचित निकास दिने निर्णय गरेको थियो । तर स्थानीयले पानी निकास दिन मानिरहेका छैनन् ।

थप पढ्नुस् : धनगढीका मेयरको पहिलो निर्णय कागजमै सीमित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *