संसद्मा ओली आए, देउवासँग हात मिलाए

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली संसद् बैठकमा उपस्थित भएका छन् । बैठक शुरु भएको ४ घण्टापछि संसद् बैठकमा उपस्थित भएका ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर हात मिलाएर । विश्वासको प्रस्तावमाथि भएको छलफलका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाले ओली बैठकमा नआएकोबारे कुरा उठाएका थिए ।

प्रचण्डले ओली प्रधानमन्त्री देउवाको शपथमा पनि नआएको उल्लेख गर्दै आजको संसद् बैठकबाट आफ्नो कुरा राख्ने आफूले अपेक्षा गरेको बताएका थिए । प्रधानमन्त्री देउवाले ओली आएको भए आफू खुसी हुनेसमेत बताएका थिए ।

छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री देउवाले जवाफ दिएपछि ओली बैठकमा उपस्थित भएका हुन् । उनले बैठकस्थलमा प्रधानमन्त्री देउवासँग हात मिलाए । देउवा प्रधानमन्त्री भएपछि उनीहरूबीच यो पहिलो भेट हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eighteen =