विश्वासको मत माग्दै देउवाले भने- ‘राजनीतिक दल आपसका शत्रु होइनन्’
२०७८ साउन ३ गते

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेका छन् । आइतबार (आज) बसेको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री देउवाले भने— ‘संविधानको रक्षा गरौँ, मलाई विश्वासको मत दिनुस् ।’
यस्तै विश्वासको मत माग्दै प्रधानमन्त्री देउवाले राजनीतिक दलहरु आपसका शत्रु नभएकोसमेत बताएका छन् । ‘राजनीतिक दल आपसमा शत्रु मात्रै होइन,’ प्रधानमन्त्री देउवाले भने— ‘राजनीतिक दलहरु आपसमा मिलेर धेरै काम गर्न सक्छन् । अब नयाँ काम र राम्रो काम गरौँ । मलाई विश्वासको मत दिनुस् ।’
२०७८ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








