संविधानको रक्षाका लागि विश्वासको मत लिइहाल्नुपर्ने भयो : कांग्रेस
२०७८ साउन ३ गते

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संविधानको रक्षाका लागि प्रधानमन्त्रीले विश्वासको मत लिइहाल्नुपर्ने टड्कारो भएको विश्लेषण गरेको छ । संसदीय दलको बैठकपछि कांग्रेस सचेतक पुष्पा भुसाल गौतमले भनिन्— ‘संविधानको रक्षाका लागि प्रधानमन्त्रीज्यूले विश्वासको मत लिइहाल्छु भन्नुभयो । यसपछि विश्वासको मतको सवाल अगाडि बढेको हो । चाँडोभन्दा चाँडो नै विश्वासको मत लिइएको खण्डमा संविधानको रक्षा, संसदीय व्यवस्था कार्यान्वयनसँर्ग जनअपेक्षाअनुरुपका कामहरु पनि गर्न सकिने भएकाले प्रधानमन्त्रीज्यूले विश्वासको मत लिइहाल्ने भन्नुभएको हो । आखिर ढिलै भएपनि संविधानअनुरूप विश्वासको मत त लिनैपर्ने हो ।’
२०७८ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








