साउन १५ गतेभित्र चीनबाट ३२ लाख खोप आउँदै

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यहि १५ गतेभित्रै चीनबाट ३२ लाख डोज भेरोसेल खोप नेपाल आइसक्ने बताएको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

विज्ञप्तिमार्फत चीनबाट ३२ लाख डोज आउन लागेको जनाउँदै आफ्नो पालो पर्खन अनुरोध गरेको छ । यसअघि चीनबाट २८ लाख खोप आइसकेको छ । चीन सरकारले १८ लाख खोप अनुदानमा दिएको छ भने १० लाख खोप खरीद गरेर ल्याइएको छ । शुक्रबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले १६ लाख डोज खोप अनुदानमा दिन लागिएको जानकारी दिएकी छिन् ।

त्यसबाहेक नेपाल सरकारले खरीद गरेको खोप आउन लागेको हो । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी ६ साउनदेखि चीनबाट खोप आउन लागेको जनाएको छ । १५ साउनभित्र ३२ लाख डोज खोप आउन लागेको स्वास्थ्य मन्त्रालयका सहयाक प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिए ।

हेरौं विज्ञप्ति :- 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 1 =