अर्को सूचना नआएसम्म काठमाडौं जिल्लामा खोप कार्यक्रम स्थगित

काठमाडौं । सरकारले काठमाडौं जिल्लामा कोभिड-१९ विरुद्धको खोप कार्यक्रम स्थगन गरेको छ । शुक्रबार सूचना जारी गरी स्वास्थ्य कार्यालय काठमाडौंले भेरोसेल खोपको मौज्दात समाप्त भएकाले अर्को सूचना जारी नभएसम्म खोप कार्यक्रम स्थगन भएको जनाएको हो ।

‘अर्को सूचना प्रकाशित नभएसम्मका लागि भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम काठमाडौं जिल्लामा स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि हार्दिक अनुरोध गर्दछु‚’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जिल्ला खोप तथा अनुगमन समितिको निर्णयअनुसार बुधबारबाट शनिबारसम्म हुने भनिएको भेरोसेल खोप अभियान स्थगन गरिएको हो ।

यो पनि
व्यवस्थित रुपमा नागरिकलाई खोप लगाउन प्रधानमन्त्रीको निर्देशन

 

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =