महान्यायाधिवक्तामा खाती

काठमाडौं । बार एशोसियसनका पूर्व महासचिव खम्मबहादुर खाती महान्यायाधीवक्तामा नियुक्त भएका छन् ।

सरकारका कानुनी सल्लाहकारसमेत रहेका खातीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

खातीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बिहीबार) नै महान्यायाधिवक्ता पदका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम खातीलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरिएको जनाइएको छ ।

यसअघिका महान्यायाधिवक्ता रमेश बडालले मंगलबार पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nine =