आफ्नो दल विघटन गर्दै रजनीकान्तले लिए राजनीतिबाट सन्यास

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्यास लिएको घोषणा गरेका छन् । सोमबार (आज) आफ्नो दल ‘रजनी मक्कल मंद्रम’ विघटन गर्दै रजनीकान्तले राजनीतिबाट सन्यास लिएको घोषणा गरेका हुन् । यस्तै घोषणाकै क्रममा रजनीकान्तले अब राजनीति नफर्किनेसमेत बताएका छन् । भारतीय अखबार दैनिकभाष्करकाअनुसार सबैजना पदाधिकारीसँग मिलेर रजनीकान्तले यस्तो निर्णय लिएका हुन् ।

रजनीकान्तले ‘रजनी फ्यान क्लब एसोसिएसन’ नामक सामाजिक संस्था खोल्ने घोषणा गरेका छन् । जसले सामाजिक क्षेत्रमा कार्य गर्नेछ । गत डिसेम्बर २९ मा उनले खराब स्वास्थ्यको कारण आफू राजनीतिबाट टाढा बस्ने बताएका थिए । तामिल भाषामा एक पत्र लेख्दै उनले राजनीतिक दलबिनै आफू सामाजिक सेवामा लाग्ने रजनीकान्तले उल्लेख गरेका छन् ।

यस्तै उनले आफ्नो फ्यानहरुसँग माफीसमेत मागेका छन् । गत डिसेम्बर २५ मा रक्तचाप र थकानका कारण उनी हैदराबादको एपोलो अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *