सर्वोच्च परिसरमा उच्च सुरक्षा सतर्कता (तस्बिरहरु)

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबार (आज) सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाउँदैछ । फैसला सुनाउनुअघि काठमाडौंको मुटुमा अवस्थित सर्वोच्च अदालत परिसरमा सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखिएको छ । फैसलाले जन्माउन सक्ने परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखिएको हो ।

अदालत परिसरमा ७०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । सुरक्षा निकायले सर्वोच्चको नतिजाजस्तो पनि आउनसक्ने भएकाले तयारीमा रहन मातहतलाई निर्देशनसमेत दिएका छन् । नेपाल प्रहरीबाहेक सशस्त्र प्रहरी बल पनि उल्लेख्य मात्रामा परिचालित भएको छ ।

गत ८ जेठको मध्यराति प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । विघटनविरुद्ध परेको रिटमा लामो बहसपछि सर्वोच्चले फैसला सुनाउन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *