थप १५३३ जना कोरोनामुक्त‚ १८३१ मा संक्रमण‚ २० को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर एक हजार ५३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल ६ लाख १९ हजार ८९४ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन्।

त्यस्तै एक हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार २१८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ८३३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म ६ लाख ५५ हजार ४४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आइतबार २० जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ९ हजार ३८२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =