निजामती अस्पतालमा छ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प
२०८३ असार ७ गते

काठमाडौं । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ ।
विगत छ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा रविप्रकाश शर्माले जानकारी दिए ।
‘सिटी स्क्यान मेसिन बिग्रिएर बिरामीलाई धेरै नै समस्या भएको छ’, उनले भने, ‘बिरामीलाई सिटी स्क्यानका लागि अन्यत्र पठाउनुपरेको छ ।’ अस्पतालमा दैनिक ६०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।
२०८३ असार ७ गते
प्रतिक्रिया
सम्बन्धित









