५५ वर्षपछि उपाधितर्फ लम्किरहेको इंग्ल्यान्ड र २९ वर्षअघिको गौरव खोजिरहेको डेनमार्क

काठमाडौं । युरो २०२० को दोस्रो सेमिफाइनलको कुरा थाल्दै गर्दा सन् १९९२ को सम्झना गर्नु जायज हुनेछ । डेनमार्कले आयोजना गरेको नवौं युईएफए युरो च्याम्पियनसिपमा डेनमार्कले सनसनी मच्चाएको थियो ।

८ टिमले भाग लिने प्रतियोगितामा गृहयुद्धलगायत आन्तरिक कारणले युगोस्लाभिया खेल्न अयोग्य घोषित भएपछि खेल्ने मौका पाएको डेनमार्कले उपाधि नै जितेर सबैलाई चकित बनाएको थियो ।

प्रतियोगिताका लागि छनोट नै हुन नसकेको डेनमार्कले युगोस्लाभियाको ठाउँमा खेल्न पाउँदै गर्दा धेरैले उसको उपस्थिति औपचारिकतामै सीमित हुने लख काटेका थिए । तर त्यो प्रतियोगिता डेनमार्कका लागि खेल्न पाउने औपचारिकतामात्र भएन‚ उपाधि नै जितेर सनसनी मच्चाउने अवसर बन्न पुग्यो ।

जारी प्रतियोगिताको दोस्रो सेमिफाइनलसम्म आइपुग्दा ठ्याक्कै त्यस्तै त होइन‚ तर केही मिल्दोजस्तो अवस्था बनेको छ । उत्कृष्ट तेस्रो हुने टिममध्येबाट पनि नकआउट चरणमा पुग्ने व्यवस्था नहुँदो हो त डेनमार्कले समूह चरणबाटै घरफीर्तिको टिकट काट्ने थियो । तर यो प्रावधानका कारण अन्तिम १६ मा पुगेको डेनमार्कले त्यसपछिका दुई चरण पार गरेर अन्तिम ४ मा पुगिसकेको छ ।

Euro 2020 Group B: Denmark secure miraculous qualification with victory over Russia; Belgium win again - CBSSports.com

यसपटक डेनमार्कले दुर्लभ उपलब्धी हात पार्‍यो, पारिरहेको छ । दुई खेल हारेर पनि नकआउट पुग्ने टिम बन्यो । त्यसैले पनि यसपटक डेनमार्कलाई यस अर्थमा ‘भाग्यमानी’ मानिएको छ । नकआउट चरणमा डेनमार्कले वेल्स र चेक गणतन्त्रलाई स्तब्ध बनाएको थियो ।
र, बुधबार राति मैदानमा उत्रँदै गर्दा सन् १९९२ को त्यही गौरवशाली इतिहास दोहो‍र्‍याउने धुनमा डेनमार्क हुनेछ । डेनमार्क त्यसयता ठूला प्रतियोगिताको सेमिफाइनल पुगेको यो पहिलो पटक हो ।

यसका लागि उसले इंग्ल्यान्डको तगारो पन्छाउनुपर्नेछ, जुन सहज भने हुनेछैन । बुधबार मध्यराति १२:४५ मा वेम्बली रंगशालामा उत्रँदै गर्दा इंग्ल्यान्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनल पुग्ने ध्याउन्नमा हुनेछ ।

त्यसो त खेल सुरु हुनुअघि वेम्बलीमा केही भावुक क्षण पनि हुनेछन् । इंग्लिस कप्तान ह्यारी केनले १० नम्बर अंकित जर्सी आफ्ना डेनिस समकक्षी सिमोन केयरलाई प्रदान गर्नेछन् । जहाँ इंग्लिस टिमका खेलाडीको हस्ताक्षर हुनेछ ।

Sluggish England held scoreless in Denmark | Football News - Times of India

१२ जुनमा भएको प्रतियोगिताको पहिलो खेलमा फिनल्यान्डसँग खेल्ने क्रममा एरिक्सन मैदानमै ढलेका थिए ।

यद्यपि एरिक्सनलाई भएको हृदयघातपछि डेनमार्कको टिम उपलब्धितर्फ अग्रसर भएको छ । डेनमार्कका प्रशिक्षक कास्पर हिजुलमन्ड भन्छन्‚ ‘पछिल्लो चार साता हाम्रा लागि जीवनकै सबैभन्दा भावनात्मक समय रह्यो । समूह चरणमै हाम्रो यात्रा लगभग सकिन लागेको थियो ।’

यो पनि
घरेलु मैदानमा फर्किएको इंग्लिस टीमको सान

यो नै उनीप्रतिको ठुलो सम्मान हो । सन् १९९२ पछि पहिलोपटक युरोको सेमिफाइनल पुगेको डेनमार्कले उपाधि जित्न सके एरिक्सनका लागि त्यसभन्दा ठुलो सम्मान शायदै होला ।

सन् २०१८ को विश्वकपमा इंग्ल्यान्डको अवस्था पनि यस्तै थियो । इंग्ल्यान्ड विश्वकपको सेमिफाइनल पुग्ला भन्ने विश्वास कमैलाई थियो । तर, प्रशिक्षक गारेथ साउथगेटले इंग्ल्यान्डलाई अप्रत्याशित रुपमा सेमिफाइनल पुर्‍याउन सफल भएका थिए ।

यो पनि
आमाले उजिल्याएको रहिमको भविष्य

इंग्ल्यान्डलाई अब फेरि एकपटक सेमिफाइनलको ‘जिंक’ तोड्नु छ । किनभने विश्वकप तथा यूईएफए नेसन्स लिगमा पनि इंग्ल्यान्ड सेमिफाइनलसम्म पुगेको थियो । इंग्ल्यान्डले कम्तिमा तेस्रोपल्ट यो जिंक तोड्दै सन् १९६६ पछि पहिलोपल्ट कुनै ठूलो प्रतियोगिताको फाइनल पुग्ने लक्ष्य बनाएको छ ।

England v Denmark: key tactical decisions facing Gareth Southgate | Euro 2020 | The Guardian

यसपटक इंग्ल्यान्ड उच्च फर्ममा छ । ह्यारी केनको कप्तानीमा युवा खेलाडी प्रेरित इंग्ल्यान्ड निरन्तर अघि बढिरहेको छ । जारी प्रतियोगिताकै कुरा गर्ने हो भने अहिलेसम्मका ५ खेलमा इंग्ल्यान्डले एक गोल पनि खाएको छैन । उसले चार खेल घरेलु मैदान वेम्बलीमा खेलेको छ । वेम्बलीबाहिर रोममा खेलेको खेलमा पनि इंग्ल्यान्डले युक्रेनमाथि ४ गोलको प्रभावशाली जित निकालेको थियो ।

तथ्य तथ्याङ्क
सन् १९६६ मा विश्वकप उपाधि जितेको इंग्ल्यान्डले त्यसयता कुनैपनि मुख्य प्रतियोगिताको सेमिफाइनल चरण पार गर्न सकेको छैन । त्यसैले बुधबार राति इंग्ल्यान्डको एकमात्र लक्ष्य फेरि एकपटक ठूलो प्रतियोगिताको फाइनल पुग्नु हुनेछ ।

हेड टू हेडमा इंग्ल्यान्ड अघि छ । डेनमार्क र इंग्ल्यान्डले अहिलेसम्म २१ पटक एक अर्कासँग खेलेका छन् । जसमा १२ पटक इंग्ल्यान्ड र ४ पटक डेनमार्क विजयी भएको छ । ५ खेलमा बराबरी भएको छ ।

तर पछिल्लो भेटमा भने डेनमार्क विजयी भएको छ । २०२० को अक्टोबर १४ मा नेसन्स लिगमा डेनमार्कले इंग्ल्यान्डलाई १-० ले हराएको थियो ।

युरोपियन च्याम्पियनसिपमा भने यी दुई टीम १९९२ पछि पहिलो पटक खेल्न लागेका हुन् । त्यतिबेला समूह चरणमा भएको खेलमा दुवै टीमले गोलरहित बराबरी खेलेका थिए । यहि वर्ष डेनमार्कले युरोको उपाधि उचालेको थियो ।

युरो १९९२ मा डेनमार्क सनसनीपूर्ण प्रवेशसँगै उपाधि जित्न सफल भएको थियो ।

यो पनि
युरो २०२० सेमिफाइनल : इटाली र इंग्ल्यान्डको किन बढी चर्चा ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *