‘ल्याएका थियौं गणतन्त्र, बनायौ लुटतन्त्र’ (तस्बिरहरु)

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढी राजनीतिक चलखेल भइरहेको भन्दै नागरिक समाजका अगुवाहरुले प्रदर्शन गरेका छन् । नारायण वाग्ले, विवेकशील साझाका नेता शशिविक्रम कार्की, प्रतिष्ठानमै अध्ययनरत प्रशान्त राईलगायतको अगुवाइमा प्रदर्शन भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरण अभियान— २०७८ को आयोजनामा गरिएको प्रदर्शनमा प्रदर्शनकारीले प्रतिष्ठानमा हुने गरेका राजनीतिकरण पूर्ण रुपमा हट्नुपर्ने माग गरेका छन् ।

करिब २० जनाको संख्यामा उपस्थित भएका प्रदर्शनकारीहरुले ‘बयगाडीले माफियालाई बेच्छ’, ‘हाम्रो स्वास्थ्य खरिबविक्री हुन्छ’, ‘भोकको दबाई खोपको पर्खाइ’, ‘ल्याएका थियौ गणतन्त्र बनायौ तिमीले लुटतन्त्र’ लगायतका नारा लेखिएको पम्पलेट तथा प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनका क्रममा शिल्पी थिएटरका कलाकारहरुले सडक नाटकसमेत प्रसतुत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *