जेनेटिक ल्याबसहितको आधुनिक आइभिएफ सेन्टर संचालनमा

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले अत्यधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको अत्यधुनिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टर संचालनमा ल्याएको छ ।
बुधबार एक समारोहका बीच अत्यधुनिक आइभिएफ एन्ड फर्टिलिटी सेन्टरको उद्घाटन गरिएको हो ।
अस्पतालका संस्थापक अध्यक्ष बसन्तकुमार चौधरीकी पत्नी मीना चौधरी, अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरी तथा डा. नूतन शर्माले संयुक्त रुपमा रिबन काटेर आइभिएफ सेन्टरको उद्घाटन गरेका हुन् ।
चर्चित वरिष्ठ स्त्री रोग तथा टेस्टट्यूब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टिमले नर्भिक आइभीएफ एण्ड फर्टिलिटी सेन्टरबाट आधुनिक सेवा प्रवाह गर्नेछ ।
डा. शर्माका अनुसार नर्भिक अस्पतालको आइभीएफ एन्ड फर्टिलिटी सेन्टर नेपालका अस्पतालहरुमध्येकै अत्यधुनिक एवम् सुविधायुक्त रहेको छ ।
विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्यधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी स्तरीय सेवा दिइने उनले जानकारी दिइन् ।
‘देशका अन्य आइभीएफ सेन्टरमा जेनेटिक ल्याबको सुविधा छैन । तर, नर्भिकको यो सेन्टरमा वंशाणुगत रोगको पहिचान गर्ने प्रि-जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याबसमेत रहेको छ ।









