पछिल्ला ६ मध्ये ५ खेल बराबरी खेलेका डेनमार्क र चेक खेल्दै

काठमाडौं । यूरो २०२० को क्वाटरफाइनलमा आज ९:१५ मा डेनमार्कले चेक रिपब्लिकसँग खेल्दैछ । बाकु ओलम्पिक स्टेडियममा दुवै टिमको लक्ष्य सेमिफाइनलमा युक्रेन वा इंग्ल्यान्डबीचको विजेतासँग खेल्ने हुनेछ ।

समूह चरणको सुरुवातमा संघर्षपूर्ण प्रदर्शन गरेपनि डेनमार्कले त्यसपछि भने उत्कृष्ट प्रदर्शन गरिरहेको छ । चेक रिपब्लिकले भने प्रि–क्वाटरफाइनलमा उपाधि दाबेदार नेदरल्यान्ड्सलाई पाखा लगाएर सनसनी मच्चाएको छ ।

दुवै टिम प्रि–क्वाटरफाइनलमा १० खेलाडीमा सीमित विपक्षी टिमलाई हराउँदै क्वाटरफाइनल पुगेका हुन् । चेकले १० खेलाडीमा सीमित नेदरल्यान्ड्समाथि २–० को तथा डेनमार्कले वेल्सलाई ४–० ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका हुन् ।

यूरोपियन च्याम्पियनसिपमा चेक रिपब्लिक र डेनमार्क तेस्रो पटक खेल्न लागेका हुन् । अघिल्ला दुई भेटमा चेक रिपब्लिक विजयी भएको थियो ।

तथ्य तथ्याङ्क
यूरोपियन च्याम्पियनसिपमा यी दुई टिमबीच तेस्रो भेट हुन लागेको हो । यसअघि सन् २००० मा भएको समूह चरणको खेलमा चेकले २–० तथा २००४ मा भएको क्वाटरफाइनलमा ३–० को जित निकालेको थियो ।

पछिल्ला ६ मध्ये ५ खेलमा भने यी दुई टिमले बराबरी खेलेका छन् । पछिल्लो पटक २०१६ मा भएको मैत्रीपूर्ण खेलमा बराबरी खेलेका थिए । तर २०१३ मा विश्वकप छनोट खेलमा भने डेनमार्कले ३–० को जित निकालेको थियो ।

यूरोपियन च्याम्पियनसिपमा चेक रिपब्लिकको यो चौंथो क्वाटरफाइनल यात्रा हो । यसअघि १९९६ मा पोर्चगुल, २००४ मा डेनमार्कसँग जित निकाल्दा २०१२ मा पोर्चुगलसँग १–० ले पराजित भएको थियो ।

चेकका पट्रिक सिकले ३० खेलमा १५ गोल गरिसकेका छन् । उनले जारी यूरो २०२० मा ४ खेलमा ४ गोल गरेका छन् ।

डेनमार्क मुख्य प्रतियोगितामा पछिल्ला २ क्वाटरफाइनलमा जित निकाल्न असफल छ । डेनमार्क १९९८ को विश्वकपमा ब्राजिलसँग ३–२ तथा २००४ मा चेक रिपब्लिकसँगै ३–० ले पराजित भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *