अटो नेपाल म्यागजिनलाई २०७७ को रोड सेफ्टी मिडिया अवार्ड

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन र नासा फाउण्डेसनद्वारा हरेक वर्ष प्रदान गरिने रोड सेफ्टी मिडिया अवार्ड यस वर्ष ‘अटो नेपाल’ म्यागजिनलाई प्रदान गरिएको छ ।
विगत १५ वर्षदेखि नेपालको मोटर स्पोर्ट्स, अटोमोवाइल मोबिलिटी, ड्राइभ टुरिजम तथा रोड सेफ्टीको क्षेत्रमा क्रियाशील रही कलम चलाइरहेको अटो नेपाललाई सो अवार्ड प्रदान गरिएको जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटीका सभापति डा. नेत्र प्रसाद तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नासा नेपालका अध्यक्ष दशरथ रिसाल, नासा फाउण्डेसन नेपालकी संयोजक भगबती सेढाई, नेसनल एलाइन्स फर सेफ एण्ड सष्टेनेबल मोबिलीटीका संयोजक गोबिन्द भट्टराईको उपस्थिती रहको थियो ।
अतिथिहरुद्वारा अटो नेपालको तर्फबाट उपस्थित रोशन कुमार श्रेष्ठ र भुषन कुमार श्रेष्ठलाई सो अवार्डको साथमा प्रसंशापत्र तथा नगद ११ हजार १ सय ११ प्रदान गरेका थिए ।









