बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा

काठमाडौँ । युरोकप अन्तर्गत बेल्जियमलाई पराजित गर्दै इटलीले सेमिफाइनलमा स्थान बनाएको छ । जर्मनीको म्युनिखस्थित एलिनाज एरेनामा सम्पन्न खेलमा इटलीले बेल्जियमलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

खेलको ३१ औं मिनेटमा निकोलो बरेलाको गोलमा इटलीले अग्रता बनाएको थियो । त्यस्तै खेलको ४४ औं मिनेटमा बरेलाकै पासमा लोरेन्ट इनसाइनले इटलीको अग्रता दोब्बर बनाए । बेल्जियमका लागि पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै रोमेलु लुकाकुले गोल फर्काए ।

दोस्रो हाफमा दुबै पक्षले गोल थप्न नसक्दा इटलीले २-१ ले खेल आफ्नो पक्षमा पार्‍यो । अब इटलीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *