कुमारी बैंक र दृष्टि दी भिजन आई सेन्टरबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र दृष्टि दी भिजन आई सेन्टर प्रालिबीच सम्झौता भएको छ ।

कुमारी बैंक लिमिटेड र नेपालमा आँखासम्बन्धी गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्टि दी भिजन आई सेन्टर प्रालिबीच उक्त उपचार केन्द्रमा आँखासम्बन्धी उपचार सेवामा कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई सहुलियत प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता-पत्रअनुसार दृष्टि दी भिजन आई सेन्टर प्रालिबाट प्रदान गरिने आँखा उपचारसम्बन्धी सेवाको सेवा शुल्क कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सेवाग्राहीले आँखा परामर्श सेवा शुल्कमा २० प्रतिशत सम्म र आँखासम्बन्धी प्याकेज शल्यक्रिया सेवामा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिने जनाइएको छ ।

कुमारी बैंक लिमिटेडका मार्केटिङ्ग प्रमुख नवीन मुनि बज्राचार्य र दृष्टि दि भिजन आइ सेन्टर प्रालिका निर्देशक डा. रोहित सैजुले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

बैंक आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =