कोरोना संक्रमितको निःशुल्क उपचार अब सरकारी अस्पताल र प्रतिष्ठानमा मात्र
२०७८ असार १५ गते

काठमाडौं । अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोरोना संक्रमितको निःशुल्क उपचार हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारि गर्दै कोरोनाको उपचारका लागि तोकिएका सरकारी तथा स्वास्थ्य प्रतिष्ठानमा मात्र कोरोना संक्रमितको निःशुल्क उपचार हुने बताएको हो ।
‘कोभिड-१९ को उपचारका लागि सेवा सम्झौता भएका मेडिकल कलेजहरुमा आजसम्म भर्ना भई उपचाररत संक्रमितको आजका मितिले १० दिनसम्मको मात्रै नियमानुसार शोधभर्ना उपलब्ध गराइने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै मन्त्रालयले सम्पूर्ण निजी अस्पताल तथा मेडिकल कलेजलाई सरकारले तोकेभन्दा बढी शुल्क नलिन पनि आग्रह गरेको छ ।

२०७८ असार १५ गते
प्रतिक्रिया
सम्बन्धित









