ए डिभिजन लिग असोज पहिलो साताबाट

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ए डिभिजन लिग असोज पहिलो साताबाट सुरु गर्ने जनाएको छ । एन्फाले सोमबार क्लबहरूसँग छलफल गर्दै ३ असोजबाट प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

एन्फाले खेलाडी दर्ता भने १५ साउनबाट गर्ने जनाएको छ । राष्ट्रिय टोलीले साफ च्याम्पियनसिपको तयारी गरिरहँदा ए डिभिजन लिगका लागि भने यी खेलाडी तयारीमा उपलब्ध हुने छैनन् । राष्ट्रिय टोलीका खेलाडीले साफ च्याम्पियनसिपपछि मात्र क्लबबाट खेल्नेछन् ।

साफ च्याम्पियनसिप यसअघि १४ देखि २५ सेप्टेम्बरलाई तोकिएको भएपनि मिति केहि अघि सर्न सक्ने जनाइएको छ । यद्यपि सदस्य राष्ट्रहरुले भने केहिअघि नै प्रतियोगिता आयोजना गर्न सुझाव दिएका छन् ।

गतवर्ष कोरोना भाइरसका कारण डिभिजन लिग सम्भव भएको थिएन । त्यसैले एन्फाले यो पटक १४ क्लबसँग सोमबार छलफल गर्दै ए डिभिजन लिगबारे निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *