शीर्ष बेल्जियमविरुद्ध साविक विजेता पोर्चुगल

एजेन्सी । यूरो २०२० मा विश्व नम्बर एक बेल्जियमले आइतबार (आज) राति यूरोकपको साबिक बिजेता पोर्चुगलसँग खेल्दैछ । बेल्जियम समूह ‘बी’बाट शतप्रतिशत नतिजासहित नकआउट पुगेको हो भने पोर्चुगल, समूह ‘एफ’बाट उत्कृष्ट तेस्रो भएर नकआउट पुगेको हो । खेल राति १२:४५ मा शुरु हुँदैछ ।

स्पेनस्थित सेभियाको मैदानमा हुने भिडन्त स्वाभाविक रुपमा रोचक हुनेछ । विश्व नम्बर एक बेल्जियम पहिलो महत्वपूर्ण उपाधिको खोजीमा छ । रोबर्टो मार्टिनेजको यो टोली समूह चरणमा सतप्रतिशत नतिजा निकाल्ने नेदरल्यान्ड र इटालीसँगै रहेको छ । यूरो २०१६ को च्याम्पियन पोर्चुगलले भने जर्मनीसँग ४–२ ले पराजित हुँदा फ्रान्ससँग २–२ गोलको बराबरि खेलेको थियो भने हंगेरीमाथि ३–० को जित निकालेको थियो ।

रोनाल्डोविरुद्ध लुकाकु
उपाधि बिजेता बन्ने लक्ष्यको थप एक खुड्किलो माथि चढ्न खेल्ने यी दुई टोलीको खेलमा धेरैको नजर पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकुमा अडिएको छ ।

रोनाल्डो पाँच गोलसहित प्रतियोगितामा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् भने उनी अब एक गोल गर्दै सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्नै खेलाडीको उपाधि जित्ने ध्याउनमा हुनेछन् । २०१८ को विश्वकप यता लुकाकुले २१ खेलमा २३ गोल गरेका छन् भने ४ गोलका लागि साथीलाई अवसर मिलाइदिएका छन् । उनी बेल्जियमका सर्वाधिक प्रभावकारी हतियारका रुपमा रहनेछन् ।

इन्टरमिलानका फर्वाड लुकाकुले यूरो २०२० को समूहचरणमा ३ गोल गरेका छन् । रसियासँगको खेलमा उनले २ गोल गरेका थिए ।

३६ वर्षीय रोनाल्डो भने मुख्य प्रतियोगिता (विश्वकप÷यूरोकप) मा सर्वाधिक गोल गर्नै यूरोपियन खेलाडी बनिसकेका छन् । उनले मिरोस्लाभ क्लोजको १९ गोलको कीर्तिमान भंग गर्दै २१ गोल गरिसकेका छन् । उनले यसपटकका दुई खेल (हंगेरी÷फ्रान्स) मा दोहोरो गोल सम्भव बनाएका छन् ।

२८ वर्षीय लुकाकु भने पोर्चुगलविरुद्ध सतप्रतिशत मिहिनेत गरेर मैदानमा उत्रने बताउँछन् । उनी रोनाल्डको उत्कृष्ट फर्मलाइ बेल्जियमले चिर्न सक्ने विश्वास राख्छन् ।

तथ्य तथ्याङ्क
मुख्य प्रतियोगितामा बेल्जियम र पोर्चुगलबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । १९८९ को विश्वकप छनोटमा ३–० ले पराजित भएयता पोर्चुगल बेल्जियमसँगका ५ भेटमा अपराजित छ ।

रोबर्टो मार्टिनेजको नेतृत्वमा बेल्जियमले ५८ मध्ये केबल २ खेलमा मात्र गोल गर्न सकेको छैन । १३४ मिनेट मैदानमा बिताउँदा केबिन डे ब्रुयनले जारी यूरो २०२० मा बेल्जियमले गरेका ७ गोलमध्ये एक गोल र २ वटामा असिस्ट गरेका छन् ।

फिनल्यान्डसँगको जित रोबर्ट मार्टिनेजको नेतृत्वमा बेल्जियमले मुख्य प्रतियोगितामा निकालेको नवौं जित हो । पोर्चुगलले यूरा २०२० मा तीन खेलमा ६ गोल खाइसकेको छ । जबकी २०१६ मा उपाधि जित्दासम्म पोर्चुगलले ५ गोल मात्र ब्यहोरेको थियो ।

पोर्चुगलले उत्कृष्ट तेस्रो भएर यूरोपियन च्याम्पियनसिपको नकआउटमा पुगेको यो लगातार दोस्रो पटक हो । २०१६ मा पनि तेस्रो भएर नकआउट पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *