यूरो २०२० मा आज दुई खेल हुँदै

एजेन्सी । यूरो २०२० को नकआउट चरणमा आज (आइतबार) दुई खेल हुँदैछन् । राति ९ः४५ बजे शुरु हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक आमनेसामने हुनेछन् । हंगेरीको पुस्कास एरिनामा हुने खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ ।

नेदरल्यान्ड्सले समूह ‘सी’ को बिजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । नेदरल्यान्ड्सले समूह चरणमा तीनै खेल जितेको थियो । चेक रिपब्लिक भने समूह ‘डी’ मा तेस्रो हुँदै नकआउट चरणमा स्थान बनाएको हो ।

आइतबारको दोस्रो खेलमा बेल्जियम र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । खेल राति १२ः४५ बजे स्पेनको सेभियामा शुरु हुनेछ । यो खेलको बिजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछ ।

बेल्जियम समूह ‘बी’ को बिजेता र अपराजित रहँदै नकआउट चरणमा पुगेको हो । पोर्चुगल भने समूह ‘एफ’ को तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *