ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं । अवैध ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेको अभियोगमा ६ जनालाई प्रहरीले प्रकाउ गरेको छ ।

पोखरा महानगरपालिका-२५ हेम्जास्थित सेती नदी सहस्र घाटमा अवैध ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेको अभियोगमा पोखरा महानगरपालिका-१ सिम्पानी बस्ने ३९ वर्षीय सानुभाई मगर लगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उक्त नदीमा उत्खनन गरिरहेको भन्ने सूचना प्राप्‍त हुनासाथ अस्थायी प्रहरी पोष्ट हेम्जाबाट खटिएको प्रहरीले उनीहरूलाई ढुङ्गा, गिट्टी र बालुवा भरिएको ६ वटा टिपर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *