कांग्रेसले विपक्षी गठबन्धनलाई थप बलियाे बनाउने

काठमाडाैं । नेपाली कांग्रेसले ‘लोकतन्त्र र संविधानको रक्षाका लागि’ विपक्षी गठबन्धनलाई थप बलियाे बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप  बलियाे बनाउनुपर्ने निष्कर्ष निकालेको नेता प्रकाशशरण महतले जानकारी दिए । ‘कांग्रेसले लोकतन्त्र र संविधानको मूल्य र मान्यतालाई एक पछि अर्को गरी कमजोर पार्ने काम भइरहेको छ। त्यसविरूद्ध बृहत्तर एकता जो लोकतन्त्र र संविधानमा विश्वास गर्छ । ती पार्टी  र समूहलाई जोड्दै लैजाने, एकताबद्ध बनाएर लैजाने निर्णय भएको छ’, बैठकपछि  महतले भने ।

यसअघि संविधान र लोकतन्त्रलाई बचाउने भन्दै कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेभित्रकै माधवकुमार नेपाल—झलनाथ खनाल नेतृत्वको एमालेबीच बठबन्धन बनेको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले १४ औं महाधिवेशनको संशोधित कार्यतालिका पनि अनुमोदन गरेको छ । अब साउन १२ गते वडा अधिवेशन हुनेछ भने केन्द्रीय महाधिवेशन भदौ १६देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *