जसपा विवाद

आधिकारिकताको दाबी गर्दै यादवपक्षीय जसपा पुग्यो निर्वाचन आयोग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्ष आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग पुगेको छ । यसअघि बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आधिकारिकताको माग गर्दै आयोग जाने निर्णय गरेको थियो । निर्णयअनुसार अध्यक्ष यादवसहित, नेताहरु अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलगायत आयोग पुगेका हुन् । नेता रामसहाय प्रसाद यादवले मकालु खबरसँग भने— ‘नेताहरुले दाबी पेश गरिसक्नुभयो र पनि दर्ता भइसकेको छ ।’

आन्तरिक कलहमा झगडिएर दुई फ्याक भएका जसपाको दुवै पक्षको कारबाही आयोगले यसअघि नै बदर गरिसकेको छ । त्यसपछि चिढिएको यादवपक्षीय जसपाले कानूनी लडाइँसमेत लड्न सकेन बताएको छ । खासगरी अर्का अध्यक्ष महन्थ ठाकुरपक्षीय जसपा केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएपछि यादवपक्षीय जसपा आधिकारिकताको माग गर्दै निर्वाचन आयोगसम्म जाने निर्णयमा पुगेको हो ।

यसअघि गत जेठ ३० गते यादवले सरकारमा सामेल भएका ९ जना मन्त्रीहरुलाई ७ दिने स्पष्टीकरण सोधेका थिए । यद्यपि मन्त्रीहरुले भने स्पष्टीकरण नबुझाउने बताइसकेका छन् । त्यसपछि उनीहरुहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय यादव पक्षीय जसपाले गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *