सुरवीर पण्डित भन्छन्- म मरेको छैन

काठमाडौँ । ‘दारी बा’ नामले परिचित चरित्र अभिनेता सुरवीर पण्डितको निधनको गलत खबर केही दिनयता फैलिरहेको छ । सामाजिक सञ्जालमा उनलाई श्रद्धाञ्जली दिनेकोसमेत लर्को लागेको छ । टिकटकमा होस् या फेसबुक र युट्युबमा पनि उनको घाटीमा माला भएको तस्बिर राखेर झुटो निधनको खबर फैल्याइँदै छ । यसअघि समेत कलाकार रश्मि भट्टको निधनको अफवाह फैलिएको थियो ।

आफ्नो मृत्यु नभएको खबर सुरवीर आफैँले सामाजिक सञ्जालमा ‘लाइभ’ आएर दिएका छन् । उनले आफू र आफ्ना निकटका व्यक्तिमा पर्नसक्ने असरतर्फ ध्यान दिँदै यस्तो झुटो खबर फैलाउन आग्रह गरेका छन् । आफैलाई यस्तो पर्दा कस्तो हुन्छ भन्ने सोचेर पनि मृत्युको कामना नगर्न उनले आग्रह गरेका छन् ।

उनका भाइ केशवप्रसाद पण्डितले सुरवीर स्वास्थ्य रहेको बताउँदै यस्तो अफवाह फैलाउनेले माफी माग्नुपर्ने बताए । घरमा वृद्ध बुबा भएको कारण उनमा नकारात्मक असर पर्न सक्नेतर्फ पनि ध्यान दिन उनीहरूले आग्रह गरेका छन् । पण्डित आफैँलाई पनि यस्तो खबरले दुखी बनाएको छ ।

तर जहिल्यै पनि नरम बोली बोल्ने उनले यो दु:खको क्षणमा पनि आफूलाई बिचल्लित हुन दिएका छैनन् । उनले कानुनी उपचारमा जानेतर्फ समेत सङ्केत गरेका छन् । टेलिसिरियल छायाङ्कनको एक तस्बिरलाई झिकेर सञ्जाल प्रयोगकर्ताले फोटोको दुरुपयोग गरेका हुन् ।

(लाइभ हेर्न यहाँ क्लिक गर्नुहोला )
उनले काम गरिरहेको ‘मेरी बास्सै’ले हालसम्म कुनै आधिकारिक विज्ञप्ति निकालेको छैन । साथै यस विषयमा हालसम्म कलाकारको हकहितका लागि भनेर खोलिएका संस्थाहरु समेत मौन छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *