आँचलको सहयोग ‘आकाशको फल आँखा तरी मर्’ नहाेस् !

काठमाडौं । सिन्धुपाल्चोकमा बाढीले धेरै जनता समस्यामा परेका छन् । कलाकारहरू राहत लिएर जाने तयारीमा छन् । आँचल शर्माले समेत ५० परिवारका लागि खाद्यान्न तयार गरेर बसेको बताएकी छन् ।

उनी र उनको समूह छिट्टै नै उक्त स्थान जाने तयारीमा रहेको उनले बताएकी छन् । उनले आवश्यक सामग्री लिनका लागि पीडितलाई ‘मोटर पुग्ने स्थान’सम्म आउन भनेकी छन् ।

बाढीले बाटो भत्काएको छ, बाटो छेकेको छ । यस्तोमा उनको सहयोग लिन गाडी पुग्ने बाटोसम्म पुग्ने पाे कसरी हाे ? आँचलको सहयोग बाढी पहिराे प्रभावितलाई ‘आकाशको फल आँखा तरी मार’ भनेजस्ताे नहाेस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *