शुभ जन्मदिन जितु !

काठमाडौं । जितबहादुर नेपाल सानैबाट रमाइलो गर्न मन पराउँथे । गाउँघरमा हुने भजन कीर्तनदेखि देउसी-भैलोमा उनको सक्रियता हुने गर्थ्यो । सुरुमा देउसिरे भन्ने उनले उमेर बढ्दै जाँदा भट्ट्याउने अवसर पाए । सानै उमेरबाट हँसाउने गरे पनि थाहा नपाउँदा त्यो समयमा त्यो प्रतिभालाई उपयोग गर्नै नपाएको उनी बताउँछन् ।

उनले पहिलो पटक हिजो आजका कुरामा अभिनय गरेका थिए । सन्तोष पन्तको उक्त चर्चित सिरियल छायाङ्कनमा जाँदा उनी जिपको डिकीमा चढेर गएका थिए । एउटा डाइलग बोल्न र मात्र एक पटक झुलुक्क अनुहार देखाउने मोहले उनी मरिहत्ते गरेर हिजोआजका कुरामा गएको सम्झिँदा अहिले पनि रमाइलो लाग्ने उनी बताउँछन् ।

धेरै कलाकारको अनुभव ‘छायांकन भयो तर दृश्य समावेश भएन । ‘जितबहादुरको हकमा भने त्यस्तो भएन । कार्यक्रम टेलिभिजनमा प्रसारण भयो । र धेरैको आँखामा परे उनी ।

‘विमान चालक’ टेलिशृंखलामा उनले सहायकको रूपमा काम सुरु गरे । अन्तमा उनले सोही कार्यक्रममा निर्देशक भएर पनि काम गरे । यही शृङ्खलामा काम गर्दा गर्दै उनको नाम जीतबहादुर नेपालबाट जितु नेपाल बन्न पुग्यो ।

उनले गीताञ्जली कार्यक्रममार्फत राम्रो नाम कमाए । बिस्तारै उनले जिरे खुर्सानी टेलिशृंखला निर्देशन र अभिनय गरे । । यही शृङ्खलाले उनको नामको पछि ‘मुन्द्रे’ उपनाम थपियो ।

सोही ‘मुन्द्रे’ नाम प्रयोग गरेर उनले अहिले कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ सञ्चालन गरिरहेका छन् । टेलिभिजनको क्रेज कम हुँदै जाँदा जिरे खुर्सानी बन्द भयो । तितो सत्य बन्द हुने क्रममा थियो । दीपकराज गिरीले चलचित्र बनाउने कुरा गरे । त्यसरी ‘छ एकान छ’पछि उनीहरूले छ माया छपक्कैसम्म उनी सोही समूहसँग जोडिएर काम गरेका छन् ।

यसबिचमा उनले दर्जनै चलचित्रमा अभियन गरका छन् । देश विदेशका कार्यक्रमहरुमा पनि उत्तिकै सक्रिय हुने कलाकार हुन् जितु नेपाल । उनै जितुको आज जन्मदिन । जन्मदिनको शुभकामना जितु नेपाल ‘मुन्द्रे’ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *