शिलमहावीर चैत्य गुम्बा मन्दिरको गजुर चोरी

काठमाडौं । शिलमहावीर चैत्य गुम्बा मन्दिरको गजुर चोरी भएको प्रहरीले जनाएको छ ।

भक्तपुर नगरपालिका-१० कमलविनायक कोठान्डुस्थित शिलमहावीर चैत्य गुम्बा मन्दिरको माथि राखेको चाँदी र सुनको जलप लगाएको २ फिट उचाई भएको करिब ५ किलो तौल भएको गजुर चोरी भएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *