कोपा अमेरिका २०२१ डिशहोममा प्रत्यक्ष हेर्न पाइने

काठमाडौं । युरोकप २०२० प्रशारण गरिरहेको नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले अब कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

जुन १४ बाट सुरुभएको कोपा अमेरिकामा, विश्व फुटबलमा गर्विलो प्रदर्शन गर्ने देशहरु सहभागी दक्षिण अमेरिकी देशहरुको यस प्रतिस्पर्धामा १० राष्ट्रले उपाधिमा आफ्नो दाबी प्रस्तुत गर्नेछन् ।

नेपाली समयअनुसार मध्यरात तथा बिहानीपख हुने खेलहरू डिशहोमको रियालिटी टिभी तथा एक्सनस्पोर्टस् एचडीमा नेपाली फुटबल फ्यानहरुले हेर्न सक्ने डिसहोमले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *