काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बियो

काठमाडौं । काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञालाई एक साता थप लम्ब्याइएको छ । ललितपुरका प्रजिअ ढुण्डीराज निरौलाकाअनुसार असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको हो । ‘हो लम्ब्याइएको हो । केही खुकुलो पार्नेगरी लम्ब्याइएको हो,’ प्रजिअ निरौलाले मकालु खबरसँग भने— ‘निषेधाज्ञा केही खुकुलो बनाइने भएको छ । विकास निर्माणका काम र कृषिका कामलाई केही सहज बनाइने भएको छ । खाद्यान्न तथा तरकारी पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय भएको छ ।

प्रजिअ निरौलाकाअनुसार आइतबार काठमाडौं, ललितपुर र भक्तपु भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले असार ७ सम्म निषेधाज्ञा जारी नै राख्ने निर्णय गरेका हुन् ।

नयाँ नियमअनुसार होटल–रेस्टुरेन्ट अहिलेसम्म पूर्ण प्रतिबन्धित रहेकोमा अबदेखि टेक अवे र होम डेलिभरी सेवा दिन अनुमति दिइएको छ । बिहान सातबजेदेखि होटल–रेस्टुरेन्टले टेक अवे र होम डेलिभरी सेवा दिन सक्नेछन् । इलेक्ट्रिक र हार्डवेर पसल बेलुका ४ बजेपछि खोल्न पाइने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *