लकडाउन खुकुलो बनाउँदै लैजानुपर्ने नाडाको माग

काठमाडौं । लकडाउनलाई खुकुलो बनाउँदै लैजान नाडा अटोमोबाइल्स एशोसिएशनले सरकारसँग आग्रह गरेको छ । सरकारले हाल घट्दो क्रममा रहेको संक्रमणको स्थितिलाई दृष्टिगत गर्दै लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै लैजान नाडाले अपिल गरेको हो ।

नाडाले जनतालाई छिटो भन्दा छिटो खोपको समुचित व्यवस्था गरी संक्रमणबाट बच्ने अन्य सुरक्षात्मक उपायहरूको कडाइकासाथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्ने पनि माग गरेको छ ।

थपिदो लकडाउन अवधिका कारण अब जनता स्वयं नै आफनो दुःख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना प्रबल हुँदै  गएको र यस्तो सम्भावित समस्यालाई सरकारले यथोचित सम्बोधन पनि गर्न नसकिरहेको बर्तमान अवस्थामा निषेधाज्ञाको अवधि थपिँदै जाँदा समस्या अरु भयावह हुने भएकाले अवस्था बुझी समयमा नै लकडाउन खुकुलो बनाउन माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *