नरोत्तमको अभिव्यक्तिलाई एमालेले भन्यो- ‘फौजदारी कानुन आकर्षित हुन्छ’

काठमाडौँ । नेपाली कांग्रेसका वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यको अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्‍त्री केपी शर्मा ओलीको हत्या गर्नेबारे दिएको धम्कीलाई गम्‍भीर रूपमा लिएको जनाएको हो ।

प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि तयार रहेको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको एमालेको ठहर छ । ‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ’ ज्ञवालीले भनेका छन् ।

यो उनको अभिव्यक्ति मुलुकको फौजदारी कानुन आकर्षित विषय भएको दावी उनको छ । विज्ञप्तिमा भनिएको छ ‘उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *