नरोत्तम वैद्यको अभिव्यक्ति स्वीकार्य छैन : गगन थापा

शब्द फिर्ता लिएर आत्मालोचना गर्न बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बानियाँको निर्देशन

काठमाडौँ । शुक्रबारको प्रदेशसभा बैठकमा प्रधानमन्त्री ओलीलाई रोक्न नेपालमा पनि नाथुराम गोड्से चाहियो भन्दै भाषण गरेपछि नेपाली कांग्रेस बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यको तीब्र आलोचना भइरहेको छ ।

यहिबीच कांग्रेस नेता गगन थापाले वैद्यको प्रदेश सभाको अभिव्यक्ति कसैलाई पनि स्वीकार्य नहुने भएका छन् । उनले ट्वीट गर्दै अहिंसात्मक राजनीतिमा विश्वास गर्ने कांग्रेसमा संघर्षमा मात्र हैन आलोचनामा पनि हिंसालाई कुनै स्थान नभएको स्पष्ट पारे ।

दलका नेताको निर्देशन अनुसार आत्मालोचना गर्दै आफ्नो अभिव्यक्ति फिर्ता लिने उनको विश्वास छ । ‘नरोत्तम वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्विकार्य छैन । मलाई विश्वास छ, दलको नेताको निर्देशन अनुसार आत्मालोचना गर्दै आफ्नो अभिव्यक्ति अविलम्ब फिर्ता लिनुहुनेछ,’ उनले भनेका छन्, ‘हिंसात्मक राजनीतिमा विश्वास गर्ने कांग्रेसमा संघर्षमा मात्र हैन आलोचनामा पनि हिंसालाई कुनै स्थान हुँदैन ।’

यस्तै बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले सांसद वैद्यलाई आफ्नो अभिव्यक्ति फिर्ता लिई आत्मालोचना गर्न निर्देशन दिएका छन् । सांसद वैद्यले प्रदेशसभामा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको पनि संसदीय दलका नेता बानियाँले बताए । पार्टीको नीति विपरीतको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न संसदीय उनले निर्देशन दिएका छन् ।

याे पनि- प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने वैद्यले उन्मुक्ति पाउँदैनन् : प्रवक्ता शर्मा

वैद्यले प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाउँदै भनेका थिए, ‘खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन् । त्यसैले मेरो आग्रह छ, अब कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्यो मुलुक बचाउनलाई, कोही नाथुराम बन्न तयार छैन भने म बन्छु ।’ गोड्से ती व्यक्ति हुन्, जसले महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए ।

वैद्यले यस्तो अभिव्यक्ति दिंदा पनि प्रदेशसभामा न कसैले नियमापत्ती जनायो, न त सभामुखले नै रोके । संसदमा आपत्तीजनक वा अमर्यादित अभिव्यक्ति आए रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिन सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *