राष्ट्रिय पारा तेक्वान्दो खेलाडीहरुलाई नगदसहित खाद्यान्न सहयोग

काठमाडौं । नेपाल तेक्वान्दो संघअन्तर्गत पारा कमिटीले आफ्नो मतहातमा रहेका राष्ट्रिय खेलाडीहरुलाई नगदसहित खाद्यान्न सहयोग गरिएको छ ।

कोेभिड-१९ दोस्रो लहर नयाँ भरियन्सले गर्दा नेपाल सरकारले जारी गरिएको निषेधाज्ञाको कारण पाराका खेलाडीहरु मर्कामा परेको हुँदा पारा कमिटीले खेलाडीहरू क्रमशः दिपेश महत, रामबहादुर अधिकारी, लोकराज शाही, पलेशा गोर्वधन, विशाल गर्बुजा, रञ्जना धामी र श्रृजना घिसिङ्गलाई २ बोरा चामल, १ बक्सा खाने तेल, नुन, ५ केजी दाल र नगद  ५,००० रुपैयाँ घर घरमै पुराएर सहयोग स्वरुप प्रदान गरिएको छ ।

खेलाडीहरुलाई खाद्यान्न पारा कमिटीका सदस्य रोशित उन्निथानबाट उपलब्ध गराइएको थियो भने पारा कमिटीका सदस्य रामचन्द्र श्रेष्ठ, हेमन्त भट्टराई, र राजन उप्रेतीबाट नगद  ४० हजार रुपैयाँ सहयोगका लागि उपलब्ध गराएका थिए ।

उक्त सहयोग स्थालमा पारा कमिटीका सचिव एवं ओलम्पियन दिपक विष्ट, पारा प्रशिक्षक कविराज नेगी लामा र १३ औं सागमा २ स्वणर्धारी मण्डे काजीले खेलाडीहरुको घरघरमा गई सहयोग प्रदान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *